तोलामै ३ लाख कट्यो सुनको भाउ

हिमाल प्रेस १४ वैशाख २०८३ १०:५३ | Monday, April 27, 2026
2
SHARE
तोलामै ३ लाख कट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसरी सुनको मूल्य एक हजार ३०० रुपैयाँ वृद्धि भएको हो। चाँदीको मूल्य पनि बढेको छ। आइतबार चार हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५० रुपैयाँ वृद्धि भएर पाँच हजार ४५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित: १४ वैशाख २०८३ १०:५३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast