काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। यो अघिल्लो (शुक्रबार) कारोबारको तुलनामा १ हजार २०० रुपैयाँको वृद्धि हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १२:०१ | Sunday, April 19, 2026
प्रतिक्रिया



