काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ।
नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले बिहीबार निर्वाचन तालिकामा आंशिक हेरफेर गरेको हो।
संशोधित तालिकाअनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ भने ४:३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। मतदान प्रक्रिया भने साँझ ५ बजेदेखि सुरु गरिने तय गरिएको छ।
प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा दलको नेता चयन गर्न अझै सहमति जुट्न सकेको छैन।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा रहेको छ।
प्रकाशित: ११ वैशाख २०८३ ७:३१ | Friday, April 24, 2026
प्रतिक्रिया




