एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

हिमाल प्रेस ११ वैशाख २०८३ १०:४० | Friday, April 24, 2026
4
SHARES
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ- एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीका लागि निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ता सेयरको लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८३ १०:४० | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast