एकैदिन चट्याङ लागेर ५ जनाको मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८३ १९:५४ | Monday, April 27, 2026
8
SHARES
एकैदिन चट्याङ लागेर ५ जनाको मृत्यु

काठमाडौंँ- विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ। यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिए।

यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन्। ती घटनाबाट ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ। देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए।

प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्बाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन्। यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए।

प्रकाशित: १४ वैशाख २०८३ १९:५४ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast