लागुऔषधसहित २४ जना पक्राउ

हिमाल प्रेस ४ वैशाख २०८३ १३:३८ | Friday, April 17, 2026
12
SHARES
लागुऔषधसहित २४ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका-१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका-११ बटर टोलबाट एक, रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका-३ सुरुङगाबाट पाँच र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका-१ बाट दुई जनालाई पक्राउ गरिएको छ। उनीहरू सबैलाई बिहीबार पक्राउ गरिएको हो।

प्रकाशित: ४ वैशाख २०८३ १३:३८ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast