बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

हिमाल प्रेस २३ फागुन २०८२ १९:२५ | Saturday, March 7, 2026
8
SHARES
बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।

बागलुङ- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा संक्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ।

ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ।

यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार भइरहेकाले थप सर्तकता अपनाउनका लागि फागुन २७ गतेसम्म विद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिए।

दादुराको संक्रमण बढेकाले ढोरपाटन नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

स्वास्थ्यकर्मीले संकलन गरेको पाँच वटा स्वाब परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको दाहालले जानकारी दिए। उनका अनुसार ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ।

संक्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ।

नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र संक्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।

प्रकाशित: २३ फागुन २०८२ १९:२५ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast