प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ यी ३ क्षेत्रको अन्तिम परिणाम आउन बाँकी, मतगणना जारी

हिमाल प्रेस २५ फागुन २०८२ ६:३७ | Monday, March 9, 2026
32
SHARES
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ यी ३ क्षेत्रको अन्तिम परिणाम आउन बाँकी, मतगणना जारी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनको मत परिणाम अन्तिमतिर पुगेको छ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेर दुई तिहाइ बहुमत नजिक अग्रसर भएको छ। उसले समानुपातिक मततर्फ ३७ लाख १ हजार १३१ मत ल्याएको छ। हाल उसले एक स्थानमा अग्रता लिइरहेको छ। मत गणना भइरहेको गोरखा १ मा उसले फराकिलो अग्रता लिइरहेको हो।

कांग्रेसले १७ स्थान जितेर दोस्रो ठाउँ बनाएको छ। उसले इलाम–१ मा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ कांग्रेसले १२ लाख ४९ हजार ८४० मत ल्याएको छ।

यस निर्वाचनमा अनपेक्षित रूपमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षमा ८ स्थान जितेको छ भने संखुवासभामा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ५९ हजार ८६ मत ल्याएको छ।

नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ स्थान जितेको छ। उसले समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत ल्याएको छ। प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थान जितेर समानुपातिकमा २ लाख ४९ हजार ३४६ मत प्राप्त गरेको छ।

प्रकाशित: २५ फागुन २०८२ ६:३७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast