कांग्रेस बैठक : अधिकांश केन्द्रीय सदस्य गगनको राजीनामाप्रति असहमत

हिमाल प्रेस ६ चैत २०८२ १८:२७ | Friday, March 20, 2026
32
SHARES
कांग्रेस बैठक : अधिकांश केन्द्रीय सदस्य गगनको राजीनामाप्रति असहमत फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले सभापति गगन थापाको राजीनामाप्रति असहमति जनाएका छन्।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले पार्टी सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो। कुनै व्यक्तिका कारण नभइ परिस्थितिका कारण पार्टीले पराजय भोग्नुपरेकाले सभापतिले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अधिकांशको धारणा रहेको प्रवक्ता चालिसेले उल्लेख गरे। त्यस्तै बैठकमा राजीनामा अस्वीकृतको प्रस्तावसमेत प्रस्तुत भएको प्रवक्ता चालिसेले बताए।

बैठकमा उपसभापति शर्माले निर्वाचनमा हारको कारणसहितको समीक्षा प्रतिवेदन पनि पेश गरेको उजले जानकारी दिए। उपसभापति शर्माको समीक्षा प्रतिवेदनमा पराजयका पछाडी राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, सांगठनिक, प्राविधिक र अन्य विविध कारण रहेको उल्लेख गरिएको छ।

देशव्यापी समीक्षा प्रतिवेदनहरु प्राप्त भए पश्चात् वृहत् समीक्षामा पुग्ने उनले उल्लेख गरे। केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने र एजेण्डामाथि थप छलफल हुने कांग्रेसले जनाएको छ।

प्रकाशित: ६ चैत २०८२ १८:२७ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast