आचारसंहिता कार्यान्वयनका माग गर्दै सर्वोच्च रिट

हिमाल प्रेस १५ फागुन २०८२ ६:२२ | Friday, February 27, 2026
आचारसंहिता कार्यान्वयनका माग गर्दै सर्वोच्च रिट सर्वोच्च अदालत भवन। फाइल तस्बिर।

काठमाडौँ- सर्वोच्च अदालतले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँलगायतलाई विपक्षी बनाई बिहीबार दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको छ।

रिट निवेदनमा भनिएको छ, ‘पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत नागरिकको संविधानप्रदत्त धारा २७ गोपनीयताको हकलाई निस्तेज गर्ने, भ्रम पैदा गर्नेजस्ता समाचार सामग्री सम्प्रेषण नगर्नु/नगराउनु भनी परमादेश जारी गरी पाउँ।’

‘संविधानप्रदत्त मौलिक हकको उपभोगमा अनुचित प्रभाव पर्ने, निर्वाचनसम्बन्धी गलत सन्देश नागरिकमा जाने, नागरिकसँग गरिएका कुराकानीले निजको जिउधनमा असुरक्षा पैदा भई अपूरणीय क्षति पुग्ने हुन्छ’, रिट निवेदनमा भनिएको छ, ‘यो रिट निवेदनको अन्तिम टुंगो लाग्न समय लाग्ने भएकाले निर्वाचन आउन केही दिन बाँकी रहँदा निर्वाचन परिणाम झल्कने ‘विश्लेषण’ ‘सर्वेक्षण’लगायत विभिन्न नाममा समाचार सामग्री सम्प्रेषण गर्ने, छाप्ने, फैलाउनेजस्ता कार्य नगर्नु प्रकाशित गरेका सामग्री हटाउनु’, रिट निवेदनमा माग गरिएको छ।

उक्त रिट निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ।

प्रकाशित: १५ फागुन २०८२ ६:२२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast