छैटौँ टाइगर कपमा एनसेलको सहकार्य

हिमाल प्रेस १२ माघ २०८२ १७:२८ | Monday, January 26, 2026
छैटौँ टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौँ- खेलकुद विकास तथा युवा सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेलले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।

पछिल्ला पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपको गत संस्करणमा पनि एनसेल मुख्य प्रायोजक रहेको थियो। यस वर्ष पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालसँग साझेदारी गर्दै प्रतियोगितालाई समर्थन गरेको हो।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने,‘टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ, जुन स्थानीय स्तरमै हुर्किने प्रतिभासँग जोडिएको छ। यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवर्द्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ।’ खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ।

आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भने,‘खेलकुदप्रतिको आफ्नो आबद्धतालाई निरन्तरता दिँदै यस वर्ष पनि टाइगर कपमा हामीसँग सहकार्य गरेकोमा एनसेलप्रति हामी आभारी छौँ। यस्तै सहकार्य, सहयोग र योगदानकै कारण टाइगर कप देशकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताका रूपमा स्थापित हुन सफल भएको छ।’

छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोली सहभागी छन्। महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ तथा मालदिभ्सका टोली सहभागी छन्।

प्रतियोगितामा विजेता बन्ने महिला र पुरुष दुवै टोलीले समान रूपमा प्रथम पुरस्कार रु ६,६६,६६६, दोस्रो पुरस्कार रु ३,६६,६६६ र तृतीय पुरस्कार रु २,०६,६६६ प्राप्त गर्नेछन्।

एनसेलले जिम्मेवार कर्पोरेट संस्थाका रूपमा खेलकुद विकास र प्रतिभा निखार्न निरन्तर योगदान पुर्‍याउँदै आएको छ। भलिबलका अतिरिक्त एनसेलले क्रिकेट, फुटबललगायत विभिन्न खेलहरूको विकासमा पनि सहकार्य गर्दै आएको छ। साथै, आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास तथा प्रशिक्षणमा समेत सहयोग गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०८२ १७:२८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast