एकैदिन तोलामा दुई हजार रुपैयाँ घट्यो सुनको मूल्य

हिमाल प्रेस ४ पुष २०८२ ११:३९ | Friday, December 19, 2025
एकैदिन तोलामा दुई हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको जनाएको हो।

उक्त मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ पुष २०८२ ११:३९ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast