तस्बिरमा हात्ती महोत्सव

हिमाल प्रेस ११ पुष २०८२ २०:४६ | Friday, December 26, 2025
तस्बिरमा हात्ती महोत्सव सबै तस्बिरः गोपाल दाहाल/रासस

चितवन- चितवनमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। सौराहाको बाघमारा चौरमा आज (शुक्रबार) देखि तीन दिनसम्म महोत्सव चल्नेछ।

क्षेत्रीय होटल संद्द चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ।

उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन्।

प्रकाशित: ११ पुष २०८२ २०:४६ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast