दानबहादुर कार्की आईजीपी नियुक्त

हिमाल प्रेस २४ कार्तिक २०८२ १९:०३ | Monday, November 10, 2025
दानबहादुर कार्की आईजीपी नियुक्त

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी नियुक्त गरेको हो।

काठमाडौँ उपत्यका कार्यालय रानीपोखरीमा कार्यरत कार्कीलाई आईजीपी नियुक्त गरिएको हो। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी नियुक्त गरेको जानकारी दिए।

प्रहरी नियमावलीको व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते बुधबारबाट अनिवार्य अवकाशरमा जाँदैछन्।

कार्की डीआईजी हुँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए। कुनै पनि विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ।

पहिलो वरीयताका कार्की आईजीपी बन्ने निश्चितजस्तै, बिचौलिया भने चलखेलमा

प्रकाशित: २४ कार्तिक २०८२ १९:०३ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast