प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान

हिमाल प्रेस २८ कार्तिक २०८२ १०:३५ | Friday, November 14, 2025
प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान निर्वाचन आयोग

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ।

आगामी फागुन २० गतेबाट राष्ट्रियसभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन्। सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो।

प्रकाशित: २८ कार्तिक २०८२ १०:३५ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast