राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

हिमाल प्रेस १२ कार्तिक २०८२ १५:५८ | Wednesday, October 29, 2025
2
SHARE
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिए।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिन्छ। १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ। फागुन २० गते राष्ट्रियसभा सदस्यको पदावधि सकिन्छ। त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: १२ कार्तिक २०८२ १५:५८ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast