भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लास्थित सामुदायिक विद्यालयमा कायम रहेका स्वीकृत दरबन्दीसम्बन्धी विवरण यकिन गरी पठाउन अनुरोध गरेको छ।
केन्द्रले यही भदौ ७ गतेभित्र अनिवार्य रूपमा विवरण उपलब्ध गराइसक्न निर्देशन दिएको हो। केन्द्रको गत साउन ३० गतेको निर्णयानुसार माग गरिएको विवरण पछिसम्म फरक नपर्ने गरी यकिन तथा प्रमाणित गरेर पठाउन भनिएको छ।
विवरण पठाउने क्रममा शिक्षक व्यवस्थापन समन्वय शाखाले विशेष ढाँचा समेत तोकेको छ। सो ढाँचामा दरबन्दी विवरण तयार गरी केन्द्रको इमेल ठेगाना teachermgt.cehrd@gmail.com मा पठाउन एकाइलाई आग्रह गरिएको छ।
ढाँचा

प्रकाशित: २ भदौ २०८२ १०:४५ | Monday, August 18, 2025
प्रतिक्रिया



