अर्थ मन्त्रालय। फाइल तस्बिर
काठमाडौँ- सरकारी कार्यालयले भुक्तानीका सन्दर्भमा चेक काट्न नपाउने भएका छन्।
अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो।
यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए। सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ।
प्रकाशित: ३० असार २०८२ ६:४५ | Monday, July 14, 2025
प्रतिक्रिया



