विद्या भण्डारीले बनाइन् आफ्नै नाममा वेबसाइट

हिमाल प्रेस ३२ असार २०८२ ७:०१ | Wednesday, July 16, 2025
विद्या भण्डारीले बनाइन् आफ्नै नाममा वेबसाइट

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ। भण्डारीको नाममा वेबसाइट खोलेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।

उक्त वेबसाइट उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको बताइएको छ ।

वेबसाइट यो लिंकबाट हेर्न सकिन्छ। यसबाट भण्डारीले गरेका योगदानहरुलाई स्मरणीय बनाउन प्रयोग गरिने बताइएको छ ।

प्रेस विज्ञप्तिमार्फत https://www.bidyabhandari.com.np/contact-us अवलोकन गरी सुझाव एवं प्रतिक्रियाहरू प्रदान गर्न अनुरोध गरिएको छ ।

प्रकाशित: ३२ असार २०८२ ७:०१ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast