संसद् बैठक : रास्वपा र राप्रपाको निरन्तर विरोध

हिमाल प्रेस ५ असार २०८२ १३:२२ | Thursday, June 19, 2025
संसद् बैठक : रास्वपा र राप्रपाको निरन्तर विरोध

काठमाडौँ- संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विरोध कायमै राख्दै बैठक अवरोध जारी राखेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका हुन्।

रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई पेलेरै अगाडि बढाइरहेका छन्।

संसदमा प्रतिपक्षी दलहरूको माग सम्बोधन नहुँदा बैठक सञ्चालनमै कठिनाइ देखिएको छ तर सभामुखले प्रक्रिया नरोकी बैठक अगाडि बढाउने रणनीति अपनाइरहेका छन्।

प्रकाशित: ५ असार २०८२ १३:२२ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast