
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ।आज युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा छ।
आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा छ।अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५६ र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा छ।
कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा छ।
प्रकाशित: १४ चैत २०८१ ६:३४
प्रतिक्रिया