राज्यको ढुकुटीबाट पैसा बाँड्ने कार्य रोक्ने गरी कानुन बनाउनुपर्छ : महामन्त्री थापा

हिमाल प्रेस २ चैत २०८१ १५:१८
6
SHARES
राज्यको ढुकुटीबाट पैसा बाँड्ने कार्य रोक्ने गरी कानुन बनाउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई जथाभावी राज्यको ढुकुटीबाट पैसा बाँड्ने कार्य रोक्ने गरी कानुन बनाउन सुझाव दिएका छन्।

शनिबार पाँचथरको पौवा बजारमा तुमबेवा महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले सरकारले पैसा बाँड्ने नभई पैसा बचाउने गरी कानुन निर्माण गर्नुपर्ने उल्लेख गरे।

‘सरकारले चाहेको बेला मन्त्रिपरिषद्बाट निर्णय गरेर जतिसुकै पैसा दिने काम बन्द गर्नुपर्छ,’ उनले भने,‘सरकारले पैसा बाँड्ने नभएर पैसा बचाउने कानुन बनाउनुपर्‍यो।’
थापाले पूर्वविशिष्टहरूलाई न्यूनतम सुरक्षाबाहेक राज्यको ढुकुटी खर्च नगर्ने गरी सरकारलाई कानुन बनाउन उनले सुझाव दिए।

पूर्वविशिष्टहरूलाई आजीवन सेवासुविधा दिने गरी सरकारले कानुन बनाउन लागेको विषय सत्य नभएको उनको भनाइ छ।

‘हिजो एउटा समाचार पढ्यौँ, राष्ट्रपति भइसकेको, प्रधानमन्त्री भइसकेको, सभामुख भइसकेको व्यक्तिहरुले चाहिँ जीवनभर सेवा सुविधा प्राप्त गर्ने गरी कानुन बनाउन लागिरहेको छ,’ उनले भने,‘स्वाभाविक रुपमा नागरिकलाई रिस उठ्ने नै भयो। कतिपय कुरालाई हामीले ठीक समयमा ठीक ढंगबाट बुझाउनु पनि पर्ने हुन्छ।’

महामन्त्री थापाले नागरिकको असन्तुष्टि घटाउने कामतर्फ सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे।

प्रकाशित: २ चैत २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast