असंवैधानिक कुरामा लाग्न हामीलाई फुर्सद छैन : ओली

हिमाल प्रेस २६ फागुन २०८१ १५:०८
6
SHARES
असंवैधानिक कुरामा लाग्न हामीलाई फुर्सद छैन : ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक र असंवैधानिक कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको बताएका छन्।

आइतबार राजधानीमा भएको राजा पक्षधर प्रदर्शनको प्रसंग उल्लेख गर्दै ओलीले यस्तो बताएका हुन्।

गैह्रसरकारी संस्था महासंघको ११ औँ महाधिवेशन तथा नागरिक सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले हरेक दिन एक कदम अगाडि भन्ने सोच राखेकाले अलोकतान्त्रिक र असंवैधानिक कुरामा लाग्न फुर्सद नभएको बताए।

‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौ,’ ओलीले भने,‘अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ।’

उनले बाह्य अनुमानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्र सरकारी संस्थाहरूलाई आग्रह गरे।

विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थित भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पाकत्व वृद्धि गर्नुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे।

प्रकाशित: २६ फागुन २०८१ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast