अवसरवादतर्फ लाग्दा मधेशवादी दलले विश्वास गुमायो : प्रचण्ड

हिमाल प्रेस २४ फागुन २०८१ २१:००
20
SHARES
अवसरवादतर्फ लाग्दा मधेशवादी दलले विश्वास गुमायो : प्रचण्ड फाइल तस्बिर।

रौतहट– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने बताएका छन्।

पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत शनिबार रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेश केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेशी जनताको विश्वास कम हुँदै गएको उल्लेख गरे। उनले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्सन नहुने बताए।

मधेशी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उनले बताए। यात्राका क्रममा मधेशी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उनले बताए।

तराई मधेशका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष प्रचण्डले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राखे।

विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उनको भनाइ छ। तराई मधेशका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उनले बताए।

प्रकाशित: २४ फागुन २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast