दोस्रो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २० फागुन २०८१ १७:५८
30
SHARES
दोस्रो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेको छ। यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार निरन्तर दोहोरो अंकले घटेको हो। १.०५ प्रतिशतको गिरावटपछि मंगलबार नेप्से परिसूचक २८४६.३० को विन्दुमा कायम भएको छ।

मंगलबार तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.०५, विकास बैंक ०.३९, वित्त २.१०, होटल तथा पर्यटन ०.९७ र जलविद्युत् समूह १.०८ प्रतिशतले घटेको छ।

लगानी १.७५, जीवन बिमा ०.६९, उत्पादन तथा प्रशोधन २.२१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.५५, निर्जीवन बिमा १.११, व्यापार ०.८४ र अन्य समूह ०.०६ प्रतिशतले घटेको छ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: २० फागुन २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast