
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार नौ दिनसम्म बढेर सोमबार घटेको छ। सोमबार १३.६२ अंकले घटेर २८७६.६६ मा कायम भएको छ। आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको थियो। १८७ वटा कम्पनीको मूल्य घटेको छ।
यसैगरी ५१ वटा कम्पनीको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन। सोमबार १४ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो पछिल्लो ६ महिनायताको सबैभन्दा उच्च कारोबार हो। यसअघि भदौ ११ गते १८ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
बजार विश्लेषकहरूले नेप्से सूचकांक घट्नुलाई नौ दिनको फाइदापछि सानो सुधारका रूपमा व्याख्या गरेका छन्।
सोमबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले १.३८ अर्ब रुपैयाँको कारोबारको साथ सबैभन्दा उच्च कारोबार गरेको छ। त्यसपछि कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेड दोस्रो र तेस्रा छन्। यी कम्पनीको कारोबार क्रमशः ७३ करोड ४२ लाख र ३६ करोड ३७ लाख रुपैयाँ छ।
कारोबार समूहहरू मध्ये पाँच समूहले वृद्धि देखाए भने आठ समूह नकारात्मक देखिएका छन्।