
काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ५ फागुन २०८१ ११:२२
प्रतिक्रिया