सप्तरीबाट सात क्विन्टल गाँजा बरामद

हिमाल प्रेस २६ माघ २०८१ १६:४५
8
SHARES
सप्तरीबाट सात क्विन्टल गाँजा बरामद

काठमाडौँ- प्रहरीले सप्तरीबाट सात क्विन्टल बढी लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले चन्हीबाट बोदेबर्साईनतर्फ आउने हुलाकी सडक खण्डमा दुई गाडीसहित गाँजा बरामद गरेको हो।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले दुईवटा गाडीबाट झारिरहेको अवस्थामा गाँजा बरामद गरिएको जानकारी दिए। उनका अनुसार बरामद भएको गाँजाको तौल ७ सय ११ केजी रहेको छ।

गस्तिमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ दुईवटा गाडीमध्ये नम्बर नखुलेको स्कोर्पियो गाडी भागेको र प्र.१–०२–००२ च ५८३४ नम्बरको स्कोर्पियो गाडीको चालक गाडी र गाँजा छोडेर फरार भएको बस्नेतले बताए।

नियन्त्रणमा लिइएको गाडीबाट ३० वटा प्लास्टिकको बोराबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा र स्कोर्पियो गाडीबारे आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ माघ २०८१ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast