सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग

हिमाल प्रेस २५ माघ २०८१ १४:५५
10
SHARES
सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै रास्वपाका सांसदहरूले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन्।

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए। उनले भने,‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु।’

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त? भन्दै प्रतिप्रश्न गरिन्। सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन्।

प्रकाशित: २५ माघ २०८१ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast