इंगल्यान्डविरुद्ध चम्किरहेको भारत

हिमाल प्रेस २५ माघ २०८१ १०:३५
14
SHARES
इंगल्यान्डविरुद्ध चम्किरहेको भारत

काठमाडौँ- भारतीय क्रिकेट टोली लयमा देखिएको छ। एकपछि अर्को सानदार जित निकालिरहेको छ। एक दिवसीय होस् वा टी-२० भारतले नतिजा आफ्नो पक्षमा पारिरहेकै हुन्छ।

गत साता इंग्ल्यान्डविरुद्ध नै टी-२० शृंखलामा भारतले सानदार शृंखला कब्जा  गर्यो। ५ खेलको शृंखलामा ४ जित निकाल्दै इंग्ल्यान्ड सान्तवना जितमा चित्त बुझाउन पर्‍याे। अहिले भारत फेरि इंग्ल्यान्डविरुद्ध चम्किरहेको छ। इंग्ल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली भारत चार विकेटले विजयी भएको छ।

जितसँगै भारतले तीन खेलको शृंखलामा १९० को अग्रता लिएको छ। दोस्रो खेल आइतबार हुनेछ। बिहीबार नागपुरस्थित विदर्भ क्रिकेट संघको मैदानमा इंग्ल्यान्डले प्रस्तुत गरेको २४९ रनको लक्ष्य भारतले ३८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे। भारतका लागि शुभमन गिलले ९६ बलमा १४ चौकाको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे।

यसैगरी श्रेयस अय्यरले ३६ बलमा ९ चौका र दुई छक्काको मद्दतले ५९, अक्षर पटेलले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले ५७, यशस्वी जैसवालले १५ र रविन्द्र जडेजाले अविजित १२ रन बनाए। शुभमनले चौथो विकेटका लागि अक्षरसँग १०८ तथा तेस्रो विकेटका लागि श्रेयससँग ९४ रनको साझेदारी गरे। इंग्ल्यान्डका लागि सकिब मोहम्मद र आदिल रासिदले समान दुई तथा ज्याकोब बेटहिलले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो। इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ६७ बलमा चार चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे।

यसैगरी ज्याकोब बेटहिलले ६४ बलमा तीन चौका र एक छक्काको मद्दतले ५१, फिल साल्टले ४३, बेन डुकेटले ३२, जोफ्रा आर्चरले अविजित २१, जो रुटले १९ र ब्रेडन कार्सेले १० रन बनाए। पहिलो विकेटका लागि फिल र बेनले ७५ तथा पाँचौं विकेटका लागि जोस र जोले ५९ रनको साझेदारी गरे। भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले समान तीन तथा मोहम्मद शामी, अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए।

प्रकाशित: २५ माघ २०८१ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast