मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ बन्ने

हिमाल प्रेस २३ माघ २०८१ १३:४७
6
SHARES
मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ बन्ने

काठमाडौँ- मिलन चाम्सले आगामी फिल्म ‘सुम्निमा’ बनाउने भएका छन्। फिल्म प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। फिल्मको छायांकन आगामी अगस्टमा लण्डन र नेपालमा हुने निर्माण टिमले जनाएको छ।

लभस्टोरी जनरामा बन्ने फिल्मको कथा राजीव थापाले लेखेका हुन्। फिल्ममा कलाकार र प्राविधिक टिम छनोट भइरहेको निर्देशक चाम्सले बताए। चाम्सकाअनुसार फिल्म गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ।

चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ मा प्रदर्शन हुँदैछ। यसअघि चाम्सको निर्देशनमा ‘गोर्खा वारियर’, ‘वीर विक्रम’ ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’ र ‘बबी’ फिल्म प्रदर्शन भइसकेको छ।

प्रकाशित: २३ माघ २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast