काठमाडौँ- सभामुख देवराज घिमिरेले अध्यादेशबारे छलफलमा जुटेका छन्। घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ।
सिंहदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद्मा छ अध्यादेश पेस भएका छन्।
प्रकाशित: २३ माघ २०८१ १०:४५
प्रतिक्रिया