काठमाडौँ- नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन मात्र नभई खारेज गर्न आग्रह गरेको छ।
नेकपा महासचिव विप्लवले एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको भन्दै खारेज गरेर नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताएका छन्। उनले एमसीसी परियोजना स्थगन गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद समेत दिएका छन्।
उनले लेखेका छन्, ‘एमसीसी कम्प्याक्टलाई सधैँको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौँ।’
प्रकाशित: ११ फागुन २०८१ ११:०२ | Sunday, February 23, 2025
प्रतिक्रिया


