४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

हिमाल प्रेस २८ पुष २०८१ १३:०७ | Sunday, January 12, 2025
४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकले पैसा तान्न लागेको हो। राष्ट्र बैंकले आइतबार २ बजे बोलकबोलमार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागिएको जनाएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। ब्याजदर पनि बोलकबोलकै आधारमा राष्ट्र बैंकले तय गर्छ। बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिनेछ। साँवा तथा ब्याज भुक्तानी भने आगामी कात्तिक माघ २० गते हुनेछ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकमसम्म प्रस्ताव गर्न सक्नेछन्।

प्रकाशित: २८ पुष २०८१ १३:०७ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast