जसपा नेपालका रिक्त केन्द्रीय विभागमा पदाधिकारी चयन

हिमाल प्रेस २३ पुष २०८१ ९:०२
6
SHARES
जसपा नेपालका रिक्त केन्द्रीय विभागमा पदाधिकारी चयन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन्। जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो।

पार्टीको केन्द्रीय महिला विभागमा प्रमिला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन्। त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनिता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बस्नेतले बताए।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताए।

प्रकाशित: २३ पुष २०८१ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast