करदाता प्रोत्साहन उपहार कार्यक्रम : आज ३३ जना विजेता छनोट हुँदै

हिमाल प्रेस १ असोज २०८३ १०:४७ | Thursday, September 17, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम : आज ३३ जना विजेता छनोट हुँदै

काठमाडौँ-  करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही  एक लाख पाउनेछन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन् ।

प्रकाशित: १ असोज २०८३ १०:४७ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast