सार्वजनिक यातायातको बढ्यो भाडा, कहाँको कति?

हिमाल प्रेस २२ पुष २०८१ १८:२०
30
SHARES
सार्वजनिक यातायातको बढ्यो भाडा, कहाँको कति? बसपार्क

काठमाडौँ- सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ। आज (सोमबार) बाट नै लागू हुने गरी अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत, यात्रुवाहक सवारीमा ३.३० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले भाडादर वृद्धि मन्त्रालयको सूचनामा उल्लेख छ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर बढाउन पाउने व्यवस्था छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार मन्त्रीस्तर निर्णयबाट भाडादर वृद्धि भएको हो। यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चको आधारमा यातायात व्यवस्था विभागले गरेको बजार अध्ययन तथा विश्लेषण गरेर भाडा वृद्धि भएको उनले बताए।

इन्धन, टायर, ब्याज, श्रमिकको पारिश्रमिक, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफा लगायलाई आधार मानी सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ पुष २०८१ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast