इतिहास भनेको विगतका घटनाहरूको अध्ययन, विश्लेषण र व्याख्या हो। इतिहासले कुनै व्यक्तिको, समाजको, राष्ट्रको वा सम्पूर्ण मानव सभ्यताको विगतमा भएका गतिविधि, विचार, परिवर्तन र उपलब्धिहरूलाई क्रमबद्ध रूपमा बुझाउँछ। इतिहासले वर्तमानलाई बुझ्न सहयोग गर्छ। भविष्यका लागि निर्णय लिन मार्गदर्शन दिन्छ। आज २०२५ जनवरी ३ । आजकै दिन विश्वमा यस्ता घटना भए कि जुन इतिहास बनेको छ।
जनवरी ३ मा भएका घटनाहरू
सन् १९७७ : स्टिभ जब्स र स्टिभ बोजनिकले क्यालिफोर्निया राज्यमा ‘एप्पल कम्प्युटर, इन्क’ नाममा कम्पनी दर्ता गरे । एप्पल ३० खर्ब डलरको मूल्यांकन पुग्ने विश्वको पहिलो कम्पनी बन्यो।
सन् १५२१ : पोप लियो दशम क्याथोलिक चर्चको सुधारका लागि पेस गरिएको ९५ बुँदे माग फिर्ता लिन मार्टिन लुथर किङले अस्वीकार गरेपछि उनलाई धर्मच्युत (चर्चबाट बहिष्कार) गरियो।
सन् १८४८ : जोसेफ जेनकिन्स रोबर्टले स्वतन्त्र अफ्रिकी देश लाइबेरियाको पहिलो राष्ट्रपतिका रूपमा शपथ लिए।
सन् १८६८ : जापानमा बादशाहको हातमा शक्ति केन्द्रीकृत गर्दै मेइजी सुधार सुरु गरियो।
सन् १९२५ : बेनितो मुसोलिनीले इटलीको संसद् भंग गर्दै आफूलाई सर्वशक्तिमान नेता घोषण गरे।
सन् १९५८ : बेलायतको औपनिवेशिक शासनबाट स्वतन्त्र भएका क्यारेभियन सागरमा छरिएर रहेका राज्यले ‘वेस्ट इन्डिज महासंघ’ गठन गरे । तथापि, यो संघ चार वर्ष मात्र टिक्न सक्यो। एन्टिगुआ एन्ड बरमुडा, बरबाडोस, डोमिनिका, ग्रेनाडा, जमैका, मान्टसेराट, सेन्ट किट्स-नेभिस – एन्टिगुआ, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ट्रिनिडाड एन्ड टोबागो संघका सदस्य थिए।
सन् १९६१ : अमेरिकाले क्युबास्थित आफ्ना दूतावाससमेत बन्द गर्दै सो मुलुकसँगको कूटनीतिक सम्बन्ध तोड्यो।
सन् १९९० : अमेरिकी सेना पानामा ओर्लिएपछि राजधानीको भेटिकन दूतावासमा १० दिनदेखि लुकी बसेका जनरल म्यानुअल एन्टोनियो नोरिएगाले अन्ततः आत्मसमर्पण गरे।
सन् १९९३ : अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुस र रुसी राष्ट्रपति बोरिस यल्तसिनले मस्कोमा एक समारोहबिच हातहतियार कटौती गर्नेसम्बन्धी सम्झौता ‘स्टार्ट द्वितीय’मा हस्ताक्षर गरे।
सन् १९९६ : मोटोरोला कम्पनीले पहिलो फोल्ड गर्न मिल्ने मोबाइल बजारमा ल्यायो।
सन् २०१८ : इटालीमा छोएको थाहा पाउन सक्ने क्षमता भएको कृत्रिम जैविक हातको पहिलो प्रयोग सम्पन्न भयो।
सन् २०१९ : चीनको ‘चाङ्ग’ई चौथो’ पृथ्वीको सुदूर हिस्सामा ओर्लने पहिलो अन्तरिक्षयान बन्यो।
सन् २०२० : अमेरिकाले ड्रोनबाट इरानी जनरल कासिम सुलेमानीको इराकमा हत्या गर्यो। (नयाँपत्रिका दैनिकको सहयोगमा)