शिक्षा ऐन ल्याउन शिक्षकहरूको सहयोगको खाँचो छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस १८ माघ २०८१ ६:१२ | Friday, January 31, 2025
शिक्षा ऐन ल्याउन शिक्षकहरूको सहयोगको खाँचो छ : शिक्षामन्त्री भट्टराई शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

कास्की‍- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन ल्याउन शिक्षकहरूको सहयोगको खाँचो रहेको बताएकी छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको प्रथम प्रदेश परिषद् बैठकको बिहीबार पोखरामा उद्घाटन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएकी हुन्।

शिक्षा विधेयक ल्याउन सार्वजनिक विद्यालयका शिक्षकहरूको सहयोगको खाँचो रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यसबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन्।

‘शिक्षा विधेयक सकेसम्म यही हिउँदे अधिवेशनमा पेस गर्ने तयारीमा छौ’,उनले भनिन्।

त्यस्तै उनले सार्वजनिक विद्यालयको भौतिक संरचना विस्तार गरिए पनि विद्यार्थी संख्या घट्दै जाँदा समस्या भएको उनको भनाइ थियो।

राजनीतिक दलहरूले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई प्रयोग गर्दा सार्वजनिक शिक्षामा सुधार आउन नसकेको गुनासो गरिन्।

प्रकाशित: १८ माघ २०८१ ६:१२ | Friday, January 31, 2025

प्रतिक्रिया

One thought on “शिक्षा ऐन ल्याउन शिक्षकहरूको सहयोगको खाँचो छ : शिक्षामन्त्री भट्टराई

  1. शिक्षा बिध्ययक यसै हिउँदे अधिबेशनबाट पारित हुनै पर्छ।

Leave a Reply to मान बहादुर पुरी Cancel reply

Your email address will not be published. Required fields are marked *

19 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast