इटहरी- सुनसरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। सुनसरी प्रहरीकाअनुसार जिल्लाको तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।
इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए।
‘बमजस्तो देखिने वस्तु फेला परेपछि प्रहरीमा खबर आएको थियो,’ एसपी तिम्सिनाले भने, ‘अहिले नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ।’
बम फेला परेकोबारे प्रहरीलाई मोबाइलमा म्यासेज आएको थियो । त्यसपछि प्रहरीले उक्त स्थानमा विशेष सावधानी अपनाएको छ ।
प्रकाशित: १६ पुष २०८१ ८:४२
प्रतिक्रिया