प्रहरीलाई धम्क्याएको आरोपमा पक्राउ परे पूर्वसांसद

हिमाल प्रेस २४ भदौ २०८३ ६:२९ | Wednesday, September 9, 2026
प्रहरीलाई धम्क्याएको आरोपमा पक्राउ परे पूर्वसांसद

काठमाडौ- मधेश प्रदेशका पूर्वसांसद एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अशोक यादव पक्राउ परेका छन्।  ललितपुरको हरिसिद्धिबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुल बहादुर कार्कीले बताए।

प्रहरीलाई धम्क्याएको उनीमाथि आरोप छ । यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् । जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज। १ त।२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना।६ख। ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

ट्रक कविलासी नगरपालिका–८ स्थित अगर्वामा रोकेर राखिएको थियो । ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले रोकेर दुवै सवारी चालकलाई छलफल गरेर मेलमिलाप गर्न र कुरा नमिलेमा प्रहरी कार्यालयमा हिँड्न आग्रह गरेको थियो । त्यसपछि ट्याक्टर चालकले अशोक यादवलाई खबर गरेर बोलाएका थिए।

यादव घटनास्थलमा पुगेपछि उनीसँगै गएका व्यक्तिहरूले प्रहरीलाई घेरेर आक्रमण गरेका थिए। यादवविरूद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो।

 

प्रकाशित: २४ भदौ २०८३ ६:२९ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast