परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले माग्यो सरोकारवालासँग यी विषयमा सुझाव

हिमाल प्रेस १८ मंसिर २०८१ १६:४४
354
SHARES
परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले माग्यो सरोकारवालासँग यी विषयमा सुझाव

काठमाडौँ- परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको सचिवालयले परीक्षा प्रणाली सुधार, राष्ट्रिय परीक्षा बोर्डको पुनर्संरचना, परीक्षा प्रदेश तहमा हस्तान्तरण, परीक्षा शुल्कलगायतका विषयमा सरोकारवालासँग राय सुझाव माग गरेको छ। सचिवालयले आज सूचना जारी गर्दै राय सुझाव माग गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमन्त्री विद्या भट्टराईको कात्तिक २० गतेको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्टेशन शुल्क, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट लिने गरेको विभिन्न शुल्क एवम् सेवा संचालनका लागि आवश्यक स्रोत सुनिश्चितता, मौजुदा परीक्षा पद्धतिमा गर्नुपर्ने सुधार, विद्यमान परीक्षाको आवश्यकता र औचित्य, राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना तथा कर्मचारी समायोजन र व्यवस्थापन, हाल अभ्यासमा रहेका कक्षा १० र कक्षा १२ एवम् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का छुट्टाछुट्टै परीक्षा नियन्त्रण कार्यालयलाई एकीकृत गरी विद्यमान परीक्षा पद्धतिलाई अझ व्यवस्थित र वैज्ञानिक ढंगले सेवा प्रवाह गर्न आवश्यक सुधार एवम् नीतिगत, कानुनी र व्यवस्थापकीय कार्यक्षेत्रहरूका विषयमा राय सुझावसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव श्री शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्य रहेको परीक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल गठन भएको थियो।

कार्यदलको तर्फबाट मन्त्रालयमा पेस हुने सुझावहरूलाई अझ व्यवहारिक र कार्यमूलक बनाउन सरोकारवालाबाट प्राप्त हुने सुझाव अत्यन्त महत्त्वपूर्ण र विज्ञताः राज्यका लागि ठूलो योगदानसमेत हुने भएका सचिवालयले वस्तुनिष्ठ, व्यवहारिक र ठोस राय सुझावहरू १५ दिनभित्र इमेल ठेगाना ([email protected]) मा पठाउन अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast