उपनिर्वाचनबारे कांग्रेसको चारबुँदे समीक्षा

हिमाल प्रेस १८ मंसिर २०८१ ११:४१
32
SHARES
उपनिर्वाचनबारे कांग्रेसको चारबुँदे समीक्षा विश्वप्रकाश शर्मा

काठमाडौँ- मंसिर १६ गते भएको उपनिर्वाचनको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। यसपटकको उपनिर्वाचनमा अधिकांश ठाउँमा दलहरू एक्लाएक्लै मैदानमा भिडे। सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचनलगत्तै यसको समीक्षा गरेको छ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई उपनिर्वाचनको केन्द्रीय संयोजक बनाएको थियो। उनै शर्माले उपनिर्वाचनबारे प्रारम्भिक समीक्षा गर्दै कांग्रेसलाई पहिलो दलको रुपमा विजयी बनाएको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। त्यस्तै उनले मतदाताले लोकतान्त्रिक प्रणालीलाई समर्थन र ऐक्यवद्धता जनाएको बताएका छन्।

‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ,’ शर्माले भनेका छन्, ‘मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त एक्यवद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।’

शर्माले रिक्त ४४ पदमा उपनिर्वाचनबाट कांग्रेसले १९ स्थानमा उठाएका उम्मेदवार निर्वाचित भएको बताउँदै एक्लै चुनाव लड्दा राजनैतिक, सांगठानिक र गुणात्मक भएको बताएका छन्।

त्यस्तै उनले २०७९ को निर्वाचनमा विजय भएको केही स्थान गुमाए पनि अहिले केही नयाँ ठाउँमा विजयी भएको बताउँदै उपनिर्वाचन सन्तोषजनक भएको बताए। ‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं’ उनले भने।

उनले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको र त्यस्ता भ्रममा रहेकाहरू पराजित भएको पनि बताएका छन्। शर्माले चुनावी दौड सकिएको र सबै तितामिठा भुलेर काममा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित: १८ मंसिर २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast