काठमाडौँ- सवारी दुर्घटनामा परेर रामेछापको गोकुलगंगा गाउँपालिका-४ का वडा अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ। वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँचजनाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले हिमालप्रेसलाई जानकारी दिए। गोकुलगंगा-६को सिमलडाँडाको भिरमा उनीहरू सवार मिनीबस दुर्घटनामा परेको थियो। काठमाडौँबाट जिल्लाको बेताली जाँदै गरेको गाडी दुर्घटनामा परेको हो।
बस्नेत गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्। जिल्लाप्रहरी कार्यालय रामेछापकका डीएसपी प्रदीप सिंहका अनुसार गाडीमा आठ जना सवार थिए। तीमध्ये पाँचजनाको घटनास्थलमै निधन भएको हो। गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको बताइएकोछ।
तीनजनाको घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा पुर्याइएको छ।
प्रकाशित: १४ मंसिर २०८१ १५:२७
प्रतिक्रिया