चितवन- सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन्।
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: २४ कार्तिक २०८१ १५:५५
प्रतिक्रिया