काठमाडौँ- विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी प्रा.डा.विनिल अर्यालको संयोजकत्वमा गठित विज्ञ उपसमितिले विभिन्न सुझाव सिफारिस गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उपसमितिले उच्च शिक्षा सञ्चालनका लागि कानुनी तथा संस्थागत प्रबन्ध, विश्व वरीयता र गुणस्तर प्रत्यायन, विद्यार्थी भर्ना तथा अभिलेख, छात्रवृत्तिलगायतका विषयमा बुँदागत रूपमा ५ पेजमा सुझाव सिफारिस गरेको हो।
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकूल संशोधनका लागि ठोस राय सुझाव समेटी कार्यान्वयन खाकासहितको अध्ययन प्रतिवेदन पेस गर्न गत साउन २४ गते विज्ञ उपसमिति गठन गरिएको थियो।
यस्ता सुझाव सिफारिस
प्रकाशित: २२ कार्तिक २०८१ १६:००
प्रतिक्रिया