सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा दुई यात्रुसहितको कार डुबेपछि त्यसको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित: २० कार्तिक २०८१ ८:४३
प्रतिक्रिया