रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

हिमाल प्रेस १३ मंसिर २०८१ १६:४५ | Thursday, November 28, 2024
रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौँ आज ल्याइँदै छ। कास्की प्रहरी प्रमुख एसपी श्याम वलियाका अनुसार लामिछानेलाई आजै काठमाडौँ ल्याइँदै छ। ‘उहाँलाई आज काठमाडौँ पठाइँदै छ’ उनले हिमालप्रेससँग भने। गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरी हिरासतमा छन्। आज लामिछानेलाई हवाई मार्ग भएर काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो। उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी हिरासतमा छन् ।

गएको कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो । उनीविरुद्ध चितवनको साहरा सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप पनि छ। उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौँमा बयान लिएसँगै लामिछानेलाई चितवन लैजाने तयारी छ।

प्रकाशित: १३ मंसिर २०८१ १६:४५ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast