अविरल वर्षासँगै गत शुक्रबार राति धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो। यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन्। यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो। तस्बिर : शंकर श्रेष्ठ : रासस
काठमाडौँ- गत बिहीबारदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अन्य एक सय ७७ जना घाइते भएको जानकारी दिए।
प्रवक्ता तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ। उनले सहायता परिचालन र अवरुद्ध राजमार्ग मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको जानकारी दिए।
प्रकाशित: १८ असोज २०८१ ९:२०
प्रतिक्रिया



