बंगलादेशले भारतबाट फिर्ता बोलायो आफ्नो राजदूत

हिमाल प्रेस १७ असोज २०८१ १५:१४
24
SHARES
बंगलादेशले भारतबाट फिर्ता बोलायो आफ्नो राजदूत

काठमाडौँ- बंगलादेशकी अन्तरिम सरकारले भारतबाट आफ्नो राजदूतसहित पाँच मुलुकबाट कूटनीतिक अधिकारीलाई फिर्ता बोलाएको छ। उनीहरूलाई ढाका फिर्ता हुन भनिएको छ।

भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रबाट बंगलादेशले कूटनीतिक अधिकारीलाई फिर्ता बोलाएको हो।

भारतको छिमेकी राष्ट्र बंगलादेशमा हालसालै ठूलो राजनीतिक परिवर्तन भएको छ। कैयौँ हप्तासम्म चलेको विरोध प्रदर्शनपछि त्यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।

विरोध प्रदर्शनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले ५ अगस्तमा राजीनामा दिएर देश छोड्नु परेको थियो। उनी देश छोडेर भारत आएकी थिइन्।

यसअघि बंगलादेशले बेलायतबाट आफ्नो राजदूत सईदा तस्रीमलाई फिर्ता बोलाएको थियो।

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुस केही दिनअघि अमेरिका भ्रमणमा गएका थिए। त्यहाँ उनले अमेरिका, पाकिस्तानसहित अन्य राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: १७ असोज २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast